अध्यक्ष तथा सदस्यहरू

सदस्य

श्री गौतम डंगोल

नवनियुक्त सदस्य गौतम डंगोल ललितपुर महानगरपालिका, वडा नं. २७, सुनाकोठीका रैथाने हुन् । वहाँले बि.सं. २०६३ सालमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत शंकर देव क्याम्पस, पुतलीसडक, काठमाण्डौवाट स्नात्तकोत्तर उतिणर् गर्नुभएको छ ।

जिवनको आधाउधी उर्जावान समय बंैकिङ्ग क्षेत्रमा व्यतित गर्नुभएका सदस्य गौतम डंगोलसंग नेपालका ४ ठुला वाणिज्य बैंकहरुका विभिन्न पदहरुमा रहि काम गरको १८ वर्षे बंैकिङ्ग कार्यानुभव रहेको छ । कुमारी बैंक लिमिटेड, ग्लोबल बैंक लिमिटेड, सनराईज बैंक लिमिटेड र एन आई सि एसिया बैंक लिमिटेडमा कार्यरत रहँदा सदस्य डंगोलले ईलाम शाखा प्रबन्धक, बौद्ध शाखा प्रबन्धक, कर्जा प्रशासन विभाग प्रमुख, मानव संसाधन विभाग प्रमुख, कर्जा संचालन विभाग प्रमुख, कर्जा नियन्त्रण विभाग प्रमुख, वागमती प्रदेश कर्जा असुली विभाग प्रमुख तथा संचालन विभाग उपप्रमुखको भूमिका सफलतापूर्वक निर्वाह गर्नुभएको छ ।

बि.सं. २०६२ साल श्रावण १ गते कुमारी बैंकको केन्द्रिय कार्यालय, पुतलीसडकवाट प्रशिक्षार्थी सहायकका रुपमा बैकिङ्ग वृत्तीयात्रा शुरु गरेका सदस्य डंगोलले बि.सं. २०७८ साल चैत्र १८ गते एन आई एसिया बैंकमा प्रबन्धक पदवाट राजिनामा गरी बंैकिङ्ग वृत्तीयात्रा टुङ्गाएका हुन् ।

बंैकिङ्ग क्षेत्रमा प्रवेश गर्नु अघि सदस्य डंगोल स्थानिय विद्यालयमा अद्यापन तथा अडिट फर्ममा लेखापरीक्षणको काममा संलग्न थिए ।

यस अलावा सदस्य डंगोल नेपाली तथा नेवारी साहित्य श्रृजनामा समेत संलग्न हुनुहुन्छ । वहाँका आधा दर्जन गीतहरु युट्युव च्यानलमा हेर्न सुन्न सकिन्छ भने उनी नेशनल ब्राण्ड म्युजिक अवार्ड २०७७ को उत्कृष्ट नव आधुनिक गीतकार विधा तथा नीम्स अवार्ड २०७८ को उत्कृष्ट पप गीतकार विधावाट सम्मानित भईसकेका छन् ।